Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

उपप्रधानममन्त्री खड्का भन्छन् - मालिक होइन सेवक हुँ भन्ने भावले काम गर्नुस्

काठमाडौं । उपप्रधानमन्त्री तथा रक्षामन्त्री पूर्णबहादुर खड्काले सबै सरकारी निकायले मालिक हौं भन्ने नभई जनताका सेवक हौं भन्ने भावले काम गर्नुपर्ने बताएका छन् ।

रक्षा मन्त्रालयको आर्थिक वर्ष २०७९र८० को चौथो त्रैमासिक तथा वार्षिक प्रगति समीक्षा एवं मन्त्रालयस्तरीय विकास समस्या समाधान समितिको बैठकलाई सम्बोधन गर्दै उपप्रधानमन्त्री खड्काले यस्तो बताएका हुन् ।

उनले सरकारी निकायले अनावश्यक समय लिने, तथा फाइल अड्काएर राख्ने प्रवृत्ति देखिएको भन्दै त्यसलाई तत्काल अन्त्य गर्न निर्देशन दिए ।

कामका लागि निवेदन दर्तादेखि मन्त्रीको कार्यकक्षमा पुग्न नै हप्तौं दिनभन्दा बढी समय लाग्दा जनताले परिवर्तनको अनुभूति गर्न नसकेको भन्दै रक्षामन्त्री समेत रहेका उपप्रधानमन्त्री खड्काले राजनीतिक परिवर्तन भएर मात्र नपुग्ने भन्दै कार्यशैली तत्काल परिवर्तन गर्न मातहतका निकायलाई निर्देशन दिए।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077