Jul 23 2026 | २०८३, श्रावण ७ गते

23 Jul 2026 | बिहिवार, श्रावण ७ गते २०८३

बिहिवार, श्रावण ७ गते २०८३
images
images

आदिवासी जनजातिले अब धेरै पीडा सहनु पर्दैन : अध्यक्ष ओली

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आदिवासी जनजातिले आफ्नो पहिचान झल्कने गरी नाम र थर लेख्न पाउनु प्रारम्भिक अधिकार भएको बताएका छन् ।

अन्तराष्ट्रिय आदिवासी तथा जनजाति दिवसका सन्दर्भमा हुम्लाका युवाले आयोजना गरेको ‘हाम्रो संस्कृति तथा युवाका आवाज’ विषयक कार्यक्रममा अध्यक्ष ओलीले यस्तो बताएका हुन् ।

उनले आदिवासी जनजातिले अब धेरै पीडा सहनु नपर्ने बताए ।

हुम्लाका युवाहरुले आफ्नो पहिचान, संस्कृति र आवाज सधै ओझेलमा पर्ने गरेको गुनासो गरेपछि अध्यक्ष ओलीले त्यसको अपनत्व आफूले विगतदेखि लिदै आएको बताए ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077