Jun 27 2026 | २०८३, आषाढ १३ गते

27 Jun 2026 | शनिवार, आषाढ १३ गते २०८३

शनिवार, आषाढ १३ गते २०८३
images
images

नाफामा गएका बैंक लाभांश दिनमा भने कमजोर

काठमाडौं । गत आर्थिक वर्षमा बैंकहरूको नाफामा वृद्धि भए पनि लाभांश दिने क्षमता भने घटेको छ ।

वितरणयोग्य मुनाफा घटे पनि निक्षेपको तुलनामा कर्जाको ब्याजदर उच्च र कर्जा बिस्तारमा भएको वृद्धिका कारण बैंकहरूको नाफा भने बढेको देखिएको छ ।

तर, बैंकहरूको खराब कर्जा बढ्दा वितरणयोग्य नाफा भने कम भएको छ । बैंकहरूले सेयरधनीलाई भन्दा पनि तलब, भत्ता र अन्य प्रशासनिक खर्च बढी गरेकाले पनि करोडौं लगानी गरेका लगानीकर्ताका लागि दिइने लाभांशमा कमी आएको हो ।

बैंकहरूले प्रकाशित गरेको विवरणनुसार गत आवमा २० बैंकले ७० अर्ब १७ करोड नाफा कमाएका छन् । अघिल्लो आव २०७८÷०७९ मा बैंकहरूले ६६ अर्ब नाफा कमाएका थिए ।

नाफा बढे पनि लाभांश बाँड्ने क्षमता कमजोर हुँदा लगानीकर्ताहरू निराश भएका छन् । दुई बैंकको लाभांश क्षमता ऋणात्मक नै देखिएको छ भने आधा दर्जनको लाभांश क्षमता घटेको छ । राजधानी दैनिकबाट

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077