Online Nepal
  • शनिबार, ५ जेष्ठ २०८१
  • नाफामा गएका बैंक लाभांश दिनमा भने कमजोर

    नाफामा गएका बैंक लाभांश दिनमा भने कमजोर

    अनलाइन नेपाल
  • बिहिबार, २५ साउन २०८०
  • 489
    SHARES

    फाइल तस्विर

    काठमाडौं । गत आर्थिक वर्षमा बैंकहरूको नाफामा वृद्धि भए पनि लाभांश दिने क्षमता भने घटेको छ ।

    वितरणयोग्य मुनाफा घटे पनि निक्षेपको तुलनामा कर्जाको ब्याजदर उच्च र कर्जा बिस्तारमा भएको वृद्धिका कारण बैंकहरूको नाफा भने बढेको देखिएको छ ।



    तर, बैंकहरूको खराब कर्जा बढ्दा वितरणयोग्य नाफा भने कम भएको छ । बैंकहरूले सेयरधनीलाई भन्दा पनि तलब, भत्ता र अन्य प्रशासनिक खर्च बढी गरेकाले पनि करोडौं लगानी गरेका लगानीकर्ताका लागि दिइने लाभांशमा कमी आएको हो ।



    बैंकहरूले प्रकाशित गरेको विवरणनुसार गत आवमा २० बैंकले ७० अर्ब १७ करोड नाफा कमाएका छन् । अघिल्लो आव २०७८÷०७९ मा बैंकहरूले ६६ अर्ब नाफा कमाएका थिए ।

    नाफा बढे पनि लाभांश बाँड्ने क्षमता कमजोर हुँदा लगानीकर्ताहरू निराश भएका छन् । दुई बैंकको लाभांश क्षमता ऋणात्मक नै देखिएको छ भने आधा दर्जनको लाभांश क्षमता घटेको छ । राजधानी दैनिकबाट

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार