Online Nepal
  • शनिबार, २२ बैशाख २०८१
  • मुद्दती योजना र चाडपर्वको प्रभावले बैंकहरूको निक्षेपमा सुधार

    मुद्दती योजना र चाडपर्वको प्रभावले बैंकहरूको निक्षेपमा सुधार

    अनलाइन नेपाल
  • मंगलबार, २१ भाद्र २०७९
  • 1.2K
    SHARES

    फाइल तस्विर

    काठमाडौं । बैंकहरूको मुद्दती योजना र चाडपर्वको प्रभावले निक्षेपमा सुधार आएको छ । नेपाल बैंकर्स संघका अनुसार भदौ तेस्रो साता वाणिज्य बैंकहरूको निक्षेप ११ अर्ब ३० करोड रुपैयाँले वृद्धि भएको छ ।

    आर्थिक मन्दीका कारण निक्षेप वृद्धि नभएपछि पछिल्लो समय बैंकहरूले १० गुणासम्म दिने गरी मुद्दती योजना ल्याएका छन् ।



    निक्षेप बढाउनुपर्ने दबाबमा रहेका बैंकहरूले सर्वसाधारणको निक्षेप आकर्षित गर्न शुरू निक्षेपको १० गुणासम्म प्राप्त हुने २१ वर्ष अवधिसम्मका मुद्दती निक्षेप योजना ल्याएका छन् ।



    त्यस्तो मुद्दती निक्षेपमा ब्याजका अतिरिक्त बीमा, क्रेडिट कार्ड, सुलभ कर्जा जस्ता सुविधासमेत दिएका छन् । बैंकहरूका आकर्षक मुद्दती योजनाले निक्षेप वृद्धिमा सकारात्मक प्रभाव पारेको छ ।

    बैंकहरूलाई निक्षेप बढाउनुपर्ने दबाब भएका कारण नयाँनयाँ योजना ल्याएका र त्यसको प्रभाव सकारात्मक देखिएको नेपाल बैंकर्स संघका अध्यक्ष अनिलकुमार उपाध्यायले बताए । आर्थिक अभियान दैनिकबाट

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार