Online Nepal
  • बुधबार, १९ बैशाख २०८१
  • माघमा वाणिज्य बैंकहरुको निक्षेपमा २५ अर्ब रुपैयाँ थपियो

    माघमा वाणिज्य बैंकहरुको निक्षेपमा २५ अर्ब रुपैयाँ थपियो

    अनलाइन नेपाल
  • बिहिबार, ४ फाल्गुन २०७९
  • 786
    SHARES

    फाइल फोटो

    काठमाडौं । माघ महिनामा वाणिज्य बैंकहरूमा २५ अर्ब रुपैयाँ निक्षेप थप भएको छ ।

    पुस मसान्तसम्म यी बैंकमा कुल ४७ खर्ब १६ अर्ब रुपैयाँ निक्षेप रहेकोमा माघ मसान्तसम्म ४७ अर्ब ४१ अर्ब रुपैयाँ पुगेको नेपाल बैंकर्स एसोसिएसनले सार्वजनिक गरेको तथ्यांकमा उल्लेख छ । पुस महिनामा ९५ अर्ब रुपैयाँ निक्षेप थपिएको थियो ।



    बैंकहरूको कर्जा निक्षेप अनुपात हाल ८६ प्रतिशत रहेका छ । संघका अनुसार अघिल्लो पुस मसान्तको तुलनामा बैंकहरुले माघ मसान्तसम्म जम्मा १२ अर्ब रुपैयाँले मात्र कर्जा बढाउँदै ४२ खर्ब ९० अर्ब रुपैयाँ लगानी गरेका छन् ।



    यस्तो कर्जा अघिल्लो पुस मसान्तमा बैंकहरुले ४२ खर्ब ७८ अर्ब रुपैयाँ लगानी गरेका थिए ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार