Jun 07 2026 | २०८३, जेठ २४ गते

07 Jun 2026 | आइतवार, जेठ २४ गते २०८३

आइतवार, जेठ २४ गते २०८३
images
images

कांग्रेस महामन्त्री थापालाई रविन्द्र मिश्रको खुलापत्र - देशभन्दा ठूलो सिद्धान्त कसरी हुन्छ ?

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का वरिष्ठ उपाध्यक्ष रविन्द्र मिश्रले नेपाली कांग्रेसका महामन्त्री गगन थापालाई खुलापत्र लेखेका छन् ।

बुधवार अन्तर्राष्ट्रिय आदिवासी दिवसको सन्दर्भमा बोल्ने क्रममा ‘विचारभन्दा माथि देश’ मान्ने पार्टी कांग्रेस होइन भन्ने अभिव्यक्तिको आलोचना गर्दै मिश्रले महामन्त्री थापालाई खुलापत्र लेखेका हुन् ।

वरिष्ठ उपाध्यक्ष मिश्रले देशको भूराजनीतिक र आन्तरिक अवस्थालाई मनन गरेर वैचारिक रूपमा आफू राजसंस्थावादी नभए पनि बीपी कोइरालाले अत्यन्त कठिन घडीमा समेत आफ्नो विचारभन्दा माथि देशलाई राखे र त्यसै अनुरूप क्रियाशील रहेको उल्लेख गर्दै उनी ‘राजनीतिकर्मी’ होइन, ‘राजनेता’ कहलिएको बताए ।

उपाध्यक्ष मिश्रले फेसबुकमा लेखेका छन्,'तपाईंले अन्तर्राष्ट्रिय आदिवासी दिवसको सन्दर्भमा बोल्ने क्रममा “विचारभन्दा माथि देश” मान्ने पार्टी कांग्रेस होइन। कांग्रेस विचार र सिद्धान्तमा चल्ने पार्टी हो” भन्नुभएको रहेछ। तपाईंप्रति मेरो धेरै सम्मान छ तर थोरै विमति राख्नै पर्ने देखेर यो छोटो टिप्पणी गरेको छु। विचार व्यक्तिको हुन्छ, व्यक्ति एकल हुन्छ। विचार पार्टीको हुन्छ । पार्टी समुहको हुन्छ। देश सबै जनताको हुन्छ, जसभित्र व्यक्ति र पार्टी दुबैको विचार अटाउनु पर्छ। अनि देशभन्दा माथि विचार कसरी हुन्छ? देशभन्दा ठूलो सिद्धान्त कसरी हुन्छ?

सामाजिक सञ्जाल फेसबुकमार्फत पत्र लेख्दै मिश्रले कांग्रेसले लिएको विचार सिद्धान्तमाथि टिप्पणी गर्दै महामन्त्री थापाले दिएको अभिव्यक्तिको कटाक्ष गरेका हुन् ।

आफ्नै कार्यकर्ता र नेताको घाँटी रेट्ने, छातीमा गोली ठोक्ने माओवादीको वैशाखी नटेकी कांग्रेसले राजनीति गर्नै नसक्ने भएको बताए ।  महामन्त्री गगन आफैँ प्रधानमन्त्री भए पनि फाट्टफुट्ट केही राम्रा काम बाहेक समग्र देश रूपान्तरणको कार्य गर्नै नसक्ने उनको भनाइ छ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077