Jul 27 2026 | २०८३, श्रावण ११ गते

27 Jul 2026 | सोमवार, श्रावण ११ गते २०८३

सोमवार, श्रावण ११ गते २०८३
images
images

सीआईबीले दियो कांग्रेस सांसद शर्मा पक्राउबारे संसद सचिवालयलाई जानकारी

काठमाडौं । नेपाली कांग्रेसका सांसद सुनिल शर्मा पक्राउबारे नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले संघीय संसद सचिवालयलाई जानकारी गराएको छ ।

प्रहरी अतिरिक्त महानिर्देशक (एआईजी)किरण बज्राचार्यले सांसद शर्मा पक्राउ परेको जानकारी सहितको पत्र सभामुख घिमिरेलाई पठाएकी हुन्।

सीआईबीले कीर्ते कागजातमा अनुसन्धानका लागि सांसद शर्मालाई बिहीबार दिउँसो उनकै निवास गोल्फुटारबाट पक्राउ गरेको थियो ।

कुनै सांसद फौजदारी अभियोगमा पक्राउ परेमा सभामुखलाई तत्कालै जानकारी दिनुपर्ने संवैधानिक व्यवस्था छ ।

भारतको एक संस्थाबाट जारी भएको भनिएको प्रवीणता प्रमाणपत्र तहको शैक्षिक योग्यताको नक्कली प्रमाणपत्रका आधारमा उनले चीनबाट एमबीबीएस अध्ययन गरेको भन्दै अनुसन्धानका लागि पक्राउ गरिएको सीआइबीले बतायो ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077