Online Nepal
  • शनिबार, ५ जेष्ठ २०८१
  • त्रिवि शिक्षण अस्पतालका डाक्टरसहित तीनजना पक्राउ, सीआईबीको अपरेसन जारी

    त्रिवि शिक्षण अस्पतालका डाक्टरसहित तीनजना पक्राउ, सीआईबीको अपरेसन जारी

    अनलाइन नेपाल
  • बिहिबार, २५ साउन २०८०
  • 1.7K
    SHARES

    फाइल तस्विर

    काठमाडौं । केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले त्रिवि शिक्षण अस्पतालका डाक्टरलाई पक्राउ गरेको छ । सीआईबीले नक्कली डाक्टरमाथि चलाएको अपरेसन अन्तर्गत त्रिवि शिक्षण अस्पतालका डाक्टर अमृत चौधरी पक्राउ परेका हुन् ।

    शैक्षिक प्रमाणपत्र कीर्ते गरेको अभियोगमा उनलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । अपरेसन ‘फोस्कट्रोट’ नाम दिएर सीआईबीले चलाएको अपरेसनमा यसअघि प्रतिनिधिसभाका सांसद सुनिल शर्मा पक्राउ परिसकेका छन् ।



    अपरेसन अहिले पनि जारी रहेको बताइएको छ । जसक्रममा थप दुई जना डाक्टरलाई पनि पक्राउ गरिएको स्रोतले बतायो ।



    स्रोतका अनुसार पक्राउ पर्नेहरूमा बारा घर भएका त्रिवि शिक्षण अस्पतालका डाक्टर अमृत चौधरी, महोत्तरी घर भएका डाक्टर रञ्जितकुमार यादवसहितका व्यक्तिहरु रहेका छन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार