Online Nepal
  • शुक्रबार, ११ जेष्ठ २०८१
  • नक्कली शैक्षिक प्रमाणपत्र प्रकरणमा चार चिकित्सक पक्राउ

    नक्कली शैक्षिक प्रमाणपत्र प्रकरणमा चार चिकित्सक पक्राउ

    अनलाइन नेपाल
  • बिहिबार, २५ साउन २०८०
  • 1.3K
    SHARES

    फाइल फोटो

    काठमाडौं । नक्कली शैक्षिक प्रमाणपत्र प्रकरणमा थप चार जना चिकित्सक पक्राउ परेका छन् ।

    नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) को अप्रेशन ‘फोक्सट्रोट चार्ली’ अन्तर्गत हालसम्म चारजना चिकित्सक पक्राउ परेका हुन् ।



    सीआईबीका अनुसार पक्राउ पर्नेमा डा रामबाबु यादव, डा एरिना यादव, अमृत चौधरी र डा रञ्जित कुमार यादव रहेका छन् ।



    अमृत चौधरी त्रिवि शिक्षण अस्पतालका डाक्टर हुन् भने सुनिल बाहेकका अन्य पनि विभिन्न अस्पतालमा कार्यरत थिए ।

    यसअघि आज दिउँसो सिआइबीको टोलीले काठमाडौँको गोल्फुटारबाट सांसद सुनिलकुमार शर्मालाई पक्राउ गरेको थियो । हालसम्म सांसद शर्मासहित पाँचजना पक्राउ परिसकेका छन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार