Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

भोटाहिटीस्थित प्रहरीको साइबर ब्यूरोसँगै रहेको घरमा आगलागी

काठमाडौं । काठमाडौंको भोटाहिटीस्थित एक घरमा आगलागी भएको छ ।

नेपाल प्रहरीको साइबर ब्यूरोको पछाडिपट्टी रहेको राकेश श्रेष्ठको घरको तेस्रो तलामा आगलागी भएको जिल्ला प्रहरी परिसर काठमाडौंले जनाएको छ । प्रहरीका अनुसार कपडा र भाँडाकुँडा राखिएको ठाउँमा आगलागी भएको हो ।

बिहीबार राति सुरु भएको आगलागी निभाउन काठमाडौं महानगरपालिका, ललितपुर महागरपालिकालगायतका दमकल पुगेका छन् । दमकलले आगो निभाउने प्रयास गरिरहेको प्रहरीले जनाएको छ । क्षतीको विवरण आउन बाँकी छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077