Jul 23 2026 | २०८३, श्रावण ७ गते

23 Jul 2026 | बिहिवार, श्रावण ७ गते २०८३

बिहिवार, श्रावण ७ गते २०८३
images
images

साउदीको जेलमा ४८० नेपाली

काठमाडौं । नेपालमा रोजगारी नपाएर युवा बिदेसिने क्रम उच्च छ। केहीले विभिन्न मुलुक गएर श्रम गर्दै राम्रो आम्दानी पनि गरेका छन्। केही जहाजमा गएर बाकसमा फर्किएको तितो यथार्थ छ भने, केही विभिन्न मुलुकका जेलमा छन्।

जेलमा पर्नुको कारण छोटो समयमा धेरै पैसा कमाउने लोभमा त्यहाँको कानुनविपरीतको काम गर्नु नै हो। अहिले साउदी अरेबियाको जेलमा ४ सय ८० नेपाली रहेको दूतावासको तथ्यांकले देखाउँछ। यो हालसम्मको तथ्यांक हो।

जेल पर्नेमध्ये ८० प्रतिशत मदिरा बनाउने र ओसारपसारको आरोपमा कैद सजाय भोगिरहेका छन्। बाँकी भने, साउदीको नियमविपरीत काम गरेर जेल परेको दूतावासले जनाएको छ।

साउदीमा अवैधानिक तरिकाले कार्यरत कम्पनी छोडेर भाग्ने नेपालको संख्या पनि दैनिक बढ्दो दरमा रहेको छ। दूतावासका अनुसार विभिन्न सेवा सुविधा र तलबको लोभमा परी हालसम्म कम्पनी छोडेर भाग्ने नेपालीको संख्या १२ हजारभन्दा बढी छ।

साउदी अरबस्थित दूतावासमा आउने उजुरीमध्ये सबैभन्दा धेरै पारिश्रमिक नदिएको छ भने कम्पनीले समयमा अस्थायी बसोबासको कागजपत्र (अकामा) उपलब्ध नगराउने, आपतकालीन अवस्थामा घर जान बिदा नदिने, लामो समय काममा लगाउने, जोखिमयुक्त क्षेत्रमा काममा लगाउने तथा सम्झौताविपरीत काममा लगाउने उजुरी परेको छ। अन्नपूर्ण पोस्टबाट

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077