Jun 06 2026 | २०८३, जेठ २३ गते

06 Jun 2026 | शनिवार, जेठ २३ गते २०८३

शनिवार, जेठ २३ गते २०८३
images
images

नेपालमा पनि भित्रियो चोरी भएको सवारीसाधन पत्ता लगाउने प्रविधि ‘लोकोमो’

काठमाडौं । नेपालमा चोरी भएको सवारीसाधन पत्ता लगाउने प्रविधि भित्रिएको छ । मोटरसाइकल चोरीसम्बन्धी प्रहरीलाई सूचना प्राप्त गर्ने जिपीएस प्रविधि 'लोकोमो' भित्रिएको हो ।

दैनिक पाँचवटासम्म दुईपाङ्ग्रे सवारीसाधन हराउने र चोरी हुने गरेको सन्दर्भमा यो प्रविधि प्रयोगमा आएसँगै प्रहरीलाई हराएको मोटरसाइकल फेला पार्न अब भने केही सहज हुने विश्वास गरिएको छ ।

अमेरिका र नेपालमा गरिएको दुई वर्ष लामो प्राविधिक अन्वेषण, अमेरिकाको नियामक निकाय एफसीसी र नेपालकै सञ्चार मन्त्रालयको स्वीकृतिपछि मोटरसाइकल चोरी रोक्ने र व्यक्तिगत तथा सामाजिक सुरक्षामा सहयोग पुर्‍याउने उद्देश्यसहित जीपीएस प्रविधिमा आधारित ‘लोकोमो’ नेपालमा औपचारिक रूपमा प्रवेश भएको छ ।

लोकोमोले नेपालमा मोटरसाइकल तथा स्कुटर चोरी नियन्त्रण, महिला सुरक्षा र सार्वजनिक सडक सुरक्षामा महत्वपूर्ण भूमिका खेल्ने कम्पनीले बताएको छ । कुनै सार्वजनिक स्थानमा सवारी छोडेर जान परे लोकोमो मोबाइल एपबाट ‘स्मार्ट लक’ गर्नुहोस्, चोरी गर्न कसैले तार काटे पनि मोटरसाइकल स्टार्ट हुँदैन ।

कुनै अनधिकृत व्यक्तिले लगिहाले पनि मोबाइल फोनबाटै आफ्नो मोटरसाइकल बन्द गर्ने, अनि मोबाइलमा हेरेरै आफ्नो सवारीसाधनको लोकेशन पत्ता लगाउन सकिने बताईएको छ ।

यो प्रविधिको वावजुद चोरी भएको भन्ने यकिन भएमा सवारीधनीले नेपाल प्रहरीलाई मोबाइलबाटै मोटरसाइकलको लाइभ लोकेशन जानकारी गराउन सक्नेछन् ।

प्रहरी प्रधान कार्यालय र उपत्यका ट्राफिक प्रहरी कार्यालयमा जडित सफ्टवेयरबाट मोटरसाइकल तुरुन्तै ट्रयाक गरी कुन रूटमा, कति गतिमा गुडिरहेको छ हेर्दै प्रहरीलाई परिचालन हुन सहज हुने प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077