Jun 07 2026 | २०८३, जेठ २४ गते

07 Jun 2026 | आइतवार, जेठ २४ गते २०८३

आइतवार, जेठ २४ गते २०८३
images
images

कांग्रेस सांसद शर्मा पक्राउप्रति एमाले सांसद साहको आपत्ति

काठमाडौं । प्रमुख प्रतिपक्षी नेकपा एमालेकी सांसद ज्वालाकुमारी साहले कांग्रेसका सांसद सुनिल शर्मालाई पक्राउ गरेकोमा आपत्ति जनाएकी छन् ।

शुक्रबार प्रतिनिधि सभाको बैठकमा बोल्दै एमालेकी सांसद साहले शर्माको पक्राउप्रति आपत्ति जनाएकी हुन्।

सांसद साहले भनिन्, ‘सांसद शर्माले सुन प्रकरणमा उच्च स्तरीय छानबिन समिति बनाउनुपर्छ भनिरहनुभएको थियो । अर्थमन्त्री र गृहमन्त्रीलाई छानबिनको दायरामा ल्याउनुपर्छ भनिरहनु भएका उहाँलाई म्याद सकिइसकेको प्रमाणपत्रको मुद्दामा पक्राउ गरिएकोमा हाम्रो आपत्ति छ।’

सांसद शर्मालाई सिआइबीले बिहीबार पक्राउ गरेको थियो। सांसद शर्मासहित ब्युरोले शुक्रबार बिहानसम्म ८ जना डाक्टरलाई पक्राउ गरेको छ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077