Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

डाक्टरको नक्कली शैक्षिक प्रमाणपत्र प्रकरण : ७ जनालाई पाँच दिन हिरासतमा राख्न अनुमति

काठमाडौं । नक्कली शैक्षिक प्रमाणपत्रको आधारमा चिकित्सा शिक्षाको ‘योग्यता’ हासिल गरेको आरोपमा पक्राउ परेका ७ जना ‘डाक्टर’लाई थुनामै राखेर अनुसन्धान गर्न अदालतले आदेश दिएको छ ।

अदालतले सांसद सुनिल शर्मा बाहेक पक्राउ परेका अन्यलाई ५ दिन हिरासतमा राख्न अनुमति दिएको हो । प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो सीआईबीले हिरासतमा राख्न म्याद थपका लागि जिल्ला अदालत काठमाडौं लगेको थियो । यो प्रकरणमा कांग्रेस सांसद शर्मालाई भने थुनाबाहिरै अनुसन्धान गर्न आदेश दिएको छ ।

शर्मा प्रतिनिधि सभा सदस्यसमेत भएका कारण अनुसन्धानका लागि उनलाई थुनामा राखिराख्नुपर्ने अपरिहार्यता नदेखिएको अदालतले ठहर गरेको छ ।

पक्राउ परेका महोत्तरीको पिपरा–८ घर भएका रञ्जितकुमार यादव, त्रिवि शिक्षण अस्पतालमा कार्यरत डा.अमित चौधरी, डा. रामबाबु यादव र डा. एरिना शाह लगायतलाई हिरासतमा राखेर प्रहरीले अनुसन्धान थालेको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077