Jul 23 2026 | २०८३, श्रावण ७ गते

23 Jul 2026 | बिहिवार, श्रावण ७ गते २०८३

बिहिवार, श्रावण ७ गते २०८३
images
images

सत्ता गठबन्धनमाथि ओलीको व्यङ्ग्य - अब कोही बोल्यो त सुनिल शर्मा बनाइदिन्छन्

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सुन तस्करी प्रकरणमा सरकारमा रहेका व्यक्तिविरुद्ध बोलेकै कारण सांसद सुनिल शर्मा पक्राउ परेको आरोप लगाएका छन् ।

शुक्रबार काठमाडौंमा आयोजित महाकवि विद्यापतिकृत कथासंग्रह पुरुष परीक्षा लोकार्पण समारोहलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले यस्तो आरोप लगाएका हुन् । उनले सुन तस्करी प्रकरणमा गृहमन्त्री र अर्थमन्त्रीको राजीनामा माग गरेकै कारण सांसद शर्मालाई पक्राउ गर्ने काम भएको दाबी गरे ।

‘सुनिल शर्मा फेक सर्टिफिकेट यही दुई दिनमा बनाएको हो ? सरकारको आलोचना गरेपछि । अर्थमन्त्री र गृहमन्त्रीको राजीनामा गर भनेपछि,’ उनले भने, ‘त्यसको गहिराइसम्म पुगौं, यसले अन्तर्राष्ट्रिय सम्बन्ध बिगार्ने भइसक्यो हाम्रो ।’ उनले शर्मालाई अहिले नै किन पक्राउ गरिएको भन्दै प्रश्न समेत गरे । ओलीले भने, ‘साँचै हो भनेपनि अहिले नै पक्राउ गर्नुपर्ने किन ? अब कोही बोल त, सुनिल शर्मा बनाइदिन्छन् ।’

सुन तस्करी प्रकरणलाई ढाकछोप पर्ने काम राज्यबाटै भएको उनको आरोप छ । अध्यक्ष ओलीले दुई दिन बोलेपछि शर्मालाई पक्राउ गरेर राज्यले सुन तस्करी प्रकरणमा बोल्नेको मुख बन्द गर्ने काम गरेको आरोप लगाए। त्यस्तै, उनले सदनमा पनि एमालेले सुन प्रकरणमा बोल्छ भनेर सत्तापक्ष सांसदहरुले उठेर विरोध जनाएको र बोल्न निषेध गरेको जिकिर गरे ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077