Online Nepal
  • शनिबार, ५ जेष्ठ २०८१
  • स्रोत नखुलेको ८ लाख बढी रकमसहित एकजना पक्राउ

    स्रोत नखुलेको ८ लाख बढी रकमसहित एकजना पक्राउ

    अनलाइन नेपाल
  • शनिबार, २७ साउन २०८०
  • 939
    SHARES

    सिरहा । सिरहामा स्रोत नखुलेको ८ लाख बढी रकमसहित प्रहरीले एक जनालाई पक्राउ गरेको छ ।

    प्रहरी चौकी खिरौनाबाट प्रहरी सहायक निरीक्षक दुर्गाप्रसाद यादवको कमाण्डमा खटिएको टोलीले सिरहा नगरपालिका–१७ नेपाल–भारत सिमानाबाट नेपालतर्फ आउँदै गरेको अवस्थामा ४८ वर्षीय संजिवकुमार साहलाई पक्राउ गरेको हो ।



    बा१२प १६३७ नम्बरको मोरटसाइकलमा रहेका उनलाई शंका लागेर चेकजाँच गर्दा शरीरमा बेरिएर राखेको नेपाली रुपैयाँ २ लाख २ हजार, खल्तीबाट भारतीय रुपैयाँ ४६ हजार १०० र मोरटसाइकलमा लुकाएर राखेको नेपाली रुपैयाँ ६ लाख गरी जम्मा नेपाली रुपैयाँ ८ लाख ७५ हजार ७६० स्रोत नखुलेको रकम बरामद गरिएको छ ।



    मोरटसाइकलसहित उनलाई नियन्त्रणमा लिई आवश्यक अनुसन्धानका लागि राजस्व अनुसन्धान कार्यालय ईटहरी पठाइएको प्रहरीले जनाएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार