Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

पृथ्वी चोकको राजाको सालिक हटाउनु संसारका अघि लाजमर्दो : राजेन्द्र लिङदेन

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङदेनले पोखरा महानगरपालिकाले पृथ्वीनारायण शाहको सालिक हटाउनु दुःखद् र निन्दनीय भएको बताएका छन् ।

पोखरा महानगरले मध्यरातमा महानगर प्रमुखको निर्देशनमा शाहको प्रतिमा हटाइएको भन्दै लिङ्देनले सामाजिक सञ्जालमार्फत यस्तो बताएका हुन् । उनले संसारका अघि लाजमर्दो कुरा भएको समेत टिप्पणी गरे ।

‘मध्यरातमा त्यो पनि महानगर प्रमुखको निर्देशनमा बडामहाराजाधिराज पृथ्वीनारायण शाहको प्रतिमा हटाउनु दुःखद् र निन्दनीय छ,’ उनले भनेका छन्, ‘जसको नेतृत्वमा हामीले नेपाली नाम र पहिचान प्राप्त गरायौं तीनै राजाको प्रतिमा हटाउनु, तोडफोड गर्नु संसारका अघि लाजमर्दो कुरा हो।’

साथै, उनले उक्त प्रतिमा तत्काल पुनःस्थापना गर्न सरकारको ध्यानाकर्षण समेत गराएका छन् । ‘पोखराको पृथ्वी चोकबाट हटाइएको प्रतिमा तत्काल पुनःस्थापना गर्न सरकारको ध्यानाकर्षण गराउन चाहन्छु,’ लिङ्देनले भनेका छन् ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077