Online Nepal
  • बुधबार, २ जेष्ठ २०८१
  • आज मन्त्रिपरिषद् पुनर्गठनको तयारी, जनमत पार्टी सरकारमा जाने

    आज मन्त्रिपरिषद् पुनर्गठनको तयारी, जनमत पार्टी सरकारमा जाने

    अनलाइन नेपाल
  • आइतबार, २८ साउन २०८०
  • 540
    SHARES

    काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आज मन्त्रिपरिषद् हेरफेर गर्दै छन् । सिके राउत नेतृत्वको जनमत पार्टीकी अनिता देवीलाई प्रधानमन्त्रीले सरकारमा सहभागी गराउन लागेका हुन् । प्रधानमन्त्री प्रचण्डले आफ्नै पार्टीका एकजना मन्त्रीलाई हटाउने तयारी गरेका छन् ।

    २५ सदस्यीय मन्त्रिपरिषद्मा जनमत सहभागी हुन एकजना मन्त्री हट्नै पर्नै हुन्छ । तर कसलाई हटाउने भन्ने अहिलेसम्म खुलाइएको छैन् ।



    संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री अमनलाल मोदी, सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्मा र संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीमध्ये दुई जनालाई फिर्ता बोलाएर नयाँ दुई मन्त्री नियुक्त गर्नेबारे आन्तरिक तयारीमा प्रधानमन्त्री प्रचण्ड रहेका बुझिएको छ ।



    जनमतले यसअघि नै अनिता देवीलाई मन्त्री सिफारिस गरिसकेको छ भने माओवादीले पनि थप एकजना नयाँ मन्त्री थप्ने तयारी थालेको छ । प्रधानमन्त्री प्रचण्डले सांसद हितबहादुर तामाङलाई मन्त्री बनाउने भएका हुन् ।

    जनमत यसअघि संघीय सरकारमा सहभागी भएको थियो। तर, मन्त्रालय भागबन्डामा असन्तुष्ट रहेको उसले चैत १७ गते राजीनामा दिएर संघ सरकारबाट फिर्ता भएको थियो।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार