Online Nepal
  • सोमबार, १७ बैशाख २०८१
  • मन्त्रिपरिषद् हेरफेरमा प्रचण्डकाे सर्त – पूर्वमाओवादीका तीनबाहेक सबै मन्त्री हटाउने प्रस्ताव

    मन्त्रिपरिषद् हेरफेरमा प्रचण्डकाे सर्त – पूर्वमाओवादीका तीनबाहेक सबै मन्त्री हटाउने प्रस्ताव

    अनलाइन नेपाल
  • बिहिबार, २२ असोज २०७७
  • 3.4K
    SHARES

    काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ पूर्वमाओवादीतर्फका तीन जनाबाहेक अन्य मन्त्री हटाउने निश्कर्षमा पुगेका छन् ।

    आफू निकट नेताहरुसँगको परामर्शपछि प्रचण्डले तीन जनाबाहेक सवै मन्त्री हटाउन र नयाँ पठाउन निश्कर्षसहित अर्का अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीलाई नाम दिएका स्राेतले बतायाे ।



    खुमलटार स्रोतले दिएको जानकारीअनुसार अध्यक्ष प्रचण्डले बुहारी बीना मगरसहित गृहमन्त्री रामबहादुर थापा र उर्जामन्त्री बर्षमान पुनबाहेक पूर्वमाओवादीका सवै मन्त्री फेर्न प्रधानमन्त्री ओलीलाई प्रस्ताव गरेका छन् ।



    कार्यकारी अध्यक्ष प्रचण्डकी बुहारी बिना मगर खानेपानी मन्त्री छिन् । प्रचण्डको यस प्रस्तावअनुसार मन्त्रिपरिषद हेरफेर भए शिक्षामन्त्री गिरिराजमणि पोखरेल, बनमन्त्री शक्तिबहादुर बस्नेत, उद्योग बाणिज्य तथा आपुर्तिमन्त्री लेखराज भट्ट र श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री रामेश्वर राय यादव सरकारबाट बाहिरिने छन् ।

    प्रधानमन्त्री ओलीले मन्त्रिमण्डल पुनर्गठनको गृहकार्य अन्तिम चरणमा पुर्याएको बेला प्रचण्डले यस्तो प्रस्ताव गरेका खुमलटार स्रोतको भनाई छ । यस्तै प्रचण्डले पाँच जनालाई मन्त्री बनाउन पनि प्रस्ताव गरेका छन् ।

    प्रधानमन्त्री ओलीसँगको छलफलमा कार्यकारी अध्यक्ष प्रचण्डले यादवसहित पम्फा भुषाल, जनार्दन शर्मा, देव गुरुङलाई मन्त्री बनाउनै पर्ने अडान राखेका खुमलटार स्रोतले जनाएको छ । प्रचण्डको यी नामको बिषयमा प्रधानमन्त्री ओलीले कुनै प्रतिक्रिया नदिएको स्रोतले बताउँछ ।

    बालुवाटार स्रोतका अनुसार प्रधानमन्त्री ओलीले पूर्वमाओवादी र पूर्वएमाले भन्दै मन्त्रिपरिषद बिस्तारमा हटाउने र समावेश गर्ने काम पार्टी एकताबिपरित हुने भन्दै त्यसो नगर्ने अडान लिएका छन् । मन्त्रिपरिषद पुनर्गठनमा सहमति नभए प्रधानमन्त्री ओली रिक्त रहेको तीन मन्त्री मात्रै थप्ने योजनामा रहेका छन् ।

    हाल अर्थ, सञ्चार र सहरी बिकाश मन्त्रालय नेतृत्वबिहीन रहेको कारण प्रधानमन्त्री आफैले राखेका छन् । प्रधानमन्त्री ओली महासचिव बिष्णु पौडेललाई अर्थमन्त्री बनाउने र बाँकी मन्त्रालयमा सुरेन्द्र पाण्डे र जनार्दन शर्मालाई बनाउने योजनामा रहेका स्राेत बताउँछ ।

    स्रोतका अनुसार अर्थमन्त्रीमा महासचिव बिष्णु पौडेल नियुक्त गरेको खण्डमा कार्यकारी अध्यक्ष प्रचण्डले महासचिवबाट हटाउनु पर्ने प्रश्ताव अघि सारेका छन् । प्रधानमन्त्री ओलीले महासचिव पौडेललाई अर्थमन्त्री बनाएपछि महासचिवबाट हटाउने योजनाका साथ प्रचण्ड अघि बढेका स्राेत बताउँछ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार