Online Nepal
  • सोमबार, १७ बैशाख २०८१
  • मन्त्रिपरिषद विस्तार गर्नुकाे कारणबारे सर्वोच्चले माग्यो सरकारसँग लिखित जवाफ

    मन्त्रिपरिषद विस्तार गर्नुकाे कारणबारे सर्वोच्चले माग्यो सरकारसँग लिखित जवाफ

    अनलाइन नेपाल
  • सोमबार, २० पुष २०७७
  • 2.3K
    SHARES

    काठमाडौं । सर्वोच्च अदालतले मन्त्रिपरिषद विस्तार गर्नुको कारण सरकारसँग माग गरेको छ ।

    संसद विघटन गरेर निर्वाचन घोषणा गरेपछि प्रधानमन्त्री कामचलाउ हैसियतमा पुगेको भन्दै वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठी र अधिवक्ता लोकेन्द्र बहादुर ओलीले सर्वोच्च अदालतमा छुट्टाछुट्टै रिट दायर थिए ।



    साेही रिटकाे सुनुवाइ गर्दै सोमबार न्यायाधीश अनिलकुमार सिन्हाको एकल इजलासले मन्त्रिपरिषद विस्तार गर्नुको कारणबारे प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयसँग लिखित जवाफ माग गरेको हो ।



    सर्वोच्च अदालतका एक अधिकारीका अनुसार रिटमाथि सुनुवाई गर्दै सर्वोच्चले लिखित जवाफ माग गर्दै पुस २८ गते अन्तरिम आदेशका लागि दुबै पक्षलाई छलफलमा बोलाएको छ ।

    संसद विघटन गरेपछि नेपाल कम्युनिस्ट पार्टीको प्रचण्ड–माधव समूहका नेताहरुले मन्त्री पदबाट राजीनामा दिएका थिए । त्यसपछि प्रधानमन्त्री केपी शर्मा ओलीले ८ मन्त्री र १ राज्यमन्त्री थप गरेर मन्त्रिपरिषद विस्तार गरेका थिए ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार