Online Nepal
  • सोमबार, १७ बैशाख २०८१
  • मन्त्रिपरिषद् पुनगर्ठन हल्लामात्रै : प्रधानमन्त्री ओली

    मन्त्रिपरिषद् पुनगर्ठन हल्लामात्रै : प्रधानमन्त्री ओली

    अनलाइन नेपाल
  • शुक्रबार, १९ भाद्र २०७७
  • 4.2K
    SHARES

    काठमाडाैं । प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रीहरुलाई मन्त्रिपरिषद् पुनगर्ठन हुने हल्ला मात्रै भएको बताएका छन् । शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकमा प्रधानमन्त्री ओलीले मन्त्रिपरिषद् पुनर्गठन हुने भन्ने हल्ला मात्र भएको भन्दै मन्त्रीहरुलाई ढुक्कसँग काम गर्न निर्देशन दिएका हुन् ।

    ‘मन्त्रिपरिषद् पुनगर्ठनको हल्ला कसरी आयो । यस्ता हल्लाको पछि नलाग्नुस्, ढुक्कसँग काम गर्नुस्,’ प्रधानमन्त्रीको भनाई उद्र्धत गर्दै एक मन्त्रीले भने ।



    ‘यो विषयमा धेरैपटक समाचार आइरहेका छन् । समाचारमा घरी यसलाई फाल्छ घरी उसलाई ल्याउँछ भनेका छन् । यस विषयमा मैले कहिँ पनि छलफल गरेको छैन । तपाईंहरू मन्त्रालयको कमान्ड लिएर मन्त्रालयका काम गर्नुस् भन्नुभयो,’ ती मन्त्रीले भने ।



    सत्तारुढ नेकपाको विवाद समाधानबारे सुझाव दिन गठित कार्यदलले मन्त्रिपरिषद् पुनर्गठन गर्न सुझाव दिएको थियो । त्यसलगत्तै मन्त्रिपरिषद् पुनगर्ठनको चर्चा नेकपामा चलेको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार