Online Nepal
  • शुक्रबार, २१ बैशाख २०८१
  • अचानक सत्ताबाट बाहिरिनुपर्दा कांग्रेस आक्रोशित छ : केपी ओली

    अचानक सत्ताबाट बाहिरिनुपर्दा कांग्रेस आक्रोशित छ : केपी ओली

    अनलाइन नेपाल
  • शनिबार, ८ बैशाख २०८१
  • 276
    SHARES

    काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले कांग्रेस अचानक सत्ताबाट बाहिरिनुपर्दा आक्रोशित र हतास देखिएको बताएका छन्।

    पार्टीको महाधिवेशन प्रतिनिधि परिषद् बैठकमा पेस गरेको राजनीतिक प्रतिवेदनमा अध्यक्ष ओलीले पछिल्लो सत्ता समीकरण मुलुकमा देखिएका समस्या समाधानका लागि भएको बताएका हुन् ।



    मुलुकका गम्भीर समस्याहरू समाधानका लागि निरन्तर संवाद आवश्यक भएको बताएका ओलीले यसअघिको सत्ता गठबन्धनले एमालेप्रति भने प्रतिशोध, मुठभेड र निषेधको नीति लिएको बताए।



    यसअघिको सत्ता गठबन्धनले राष्ट्रिय हितमा आघात पुर्‍याउने गोप्य सहमतिहरूसमेत गरेको ओलीले आरोप लगाएका छन् ।

    ओलीको प्रतिवेदनमा भनिएको छ,’महत्वपूर्ण राष्ट्रिय प्रश्नहरुमा प्रतिपक्षलाई साथमा नलिने मात्र होइन, जानकारी दिने न्यूनतम औपचारिकतासम्म पूरा गरेन । राष्ट्रिय हितमा आघात पुऱ्याउने कतिपय प्रश्नमा गोप्य सहमतिहरू गरिए । त्यो अलोकतान्त्रिक र अराजनीतिक तरिका थियो । हामी त्यसो गर्ने छैनौं । मुलुकको परराष्ट्र नीति, राष्ट्रिय सुरक्षा, विकास र पूर्वाधारका राष्ट्रिय एजेण्डा, सङ्क्रमणकालीन न्याय र संवैधानिक प्रश्नमा प्रतिपक्षलगायत सबैसँग सार्थक संवाद गर्ने हाम्रो नीति हुनेछ।’

    अध्यक्ष ओलीले हिजोको गठबन्धनले राष्ट्रिय हितविपरीत के-के गोप्य सहमति गर्‍यो भन्ने भने खुलाएका छैनन् । त्यस्तै सत्ताबाट बाहिरिनुपर्दा कांग्रेसले प्रतिशोधको राजनीति गरेको पनि एमाले अध्यक्ष ओलीको आरोप छ ।

    कांग्रेसले नयाँ समीकरण बन्न नदिन हरसम्भव प्रयास गरेको पनि उनको भनाइ छ । त्यस्तै सहकारी ठगी प्रकरणमा पनि कांग्रेसले राजनीतिक प्रतिशोधको भावनाले प्रश्न उठाएको ओलीको तर्क छ ।

    प्रमुख प्रतिपक्ष दल कांग्रेसले गृहमन्त्रीसमेत रहेका रास्वपा सभापति रवि लामिछानेमाथि सहकारी ठगी प्रकरणमा छानबिन हुनुपर्ने माग संसद्‍मा उठाइरहेको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार