Online Nepal
  • शुक्रबार, २१ बैशाख २०८१
  • वामपन्थी मात्रै मिलेर अगाडि बढ्ने अवस्था छैन : केपी ओली

    वामपन्थी मात्रै मिलेर अगाडि बढ्ने अवस्था छैन : केपी ओली

    अनलाइन नेपाल
  • सोमबार, १० बैशाख २०८१
  • 327
    SHARES

    काठमाडौं। नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले वामपन्थी मात्रै मिलेर अगाडि बढ्ने अवस्था नरहेको बताएका छन् ।

    एमालेले नेपाल कम्युनिस्ट पार्टी स्थापनाको ७५ वर्ष पुगेको अवसर पारेर मनाएको हीरक महोत्सवलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले यस्तो बताएका हुन् ।



    अध्यक्ष ओलीले वामपन्थी होइन देशभक्त, विकास र समृद्धिलाई अगाडि बढाउने पक्षहरू मिलेर अगाडि बढ्नुपर्ने बताए ।



    अध्यक्ष ओलीले भने,‘प्रचण्डजीले भने जस्तै अहिले तत्काल पार्टी एकीकरण गरिहालौं, भइहाल्छ भन्नु व्यक्तिगत आकांक्षा तुष्टि मात्र हुन्छ । अहिलेको सहकार्यको माध्यमबाट निकट हुन्छौं । क्रमशः हामी एकताको बाटोमा पुग्न सक्छौं । अहिले नै एकीकरण गरौं, देशभरका मिलौं भन्यौं भने किन फुटेका थियौं ? के भएर फुटेका थियौं श्र भनेर प्रश्न उठ्छन् ।’

    राष्ट्रिय एकताको पक्षमा रहेका शक्ति मिलेर अगाडि बढ्ने अध्यक्ष ओलीको भनाई छ ।

    एउटा कुनामा बसेर हौसिएर प्रतिगमनको कुरा गर्न छोड्न चेतावनी दिँदै ओलीले पछिल्लो समीकरणले देशका समस्या, गरिबका समस्या समाधान र स्थिरता दिनुपर्ने बताए ।

    २१ औं शताब्दीमा लोकतन्त्र आएका धेरै दशक भएपनि उर्वर भूमिमा भोकमरी र गरिबी चुनौतीको रुपमा रहेको उनले बताए ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार