Online Nepal
  • शुक्रबार, २१ बैशाख २०८१
  • ओलीको स्वास्थ्यमा समस्या आएपछि बैठकमा अनुपस्थित

    ओलीको स्वास्थ्यमा समस्या आएपछि बैठकमा अनुपस्थित

    अनलाइन नेपाल
  • आइतबार, ९ बैशाख २०८१
  • 405
    SHARES

    काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको स्वास्थ्यमा समस्या देखिएको छ ।

    स्वास्थ्यमा समस्या देखिएपछि ओली गोदावरीमा जारी राष्ट्रिय महाधिवेशन प्रतिनिधि परिषद् बैठकमै उपस्थित भएका छैनन् ।



    ओलीको अनुपस्थितिका कारण पार्टीका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलको अध्यक्षतामा बैठक चलिरहेको छ ।



    स्वास्थ्यमा समस्या देखिएको भन्दै शनिबार दिउँसो ओली बैठकबाट बाहिरिएका थिए ।

    राजनीतिक प्रतिवेदन पढिसकेपछि ओलीले बैठकको अध्यक्षता वरिष्ठ उपाध्यक्ष पोखरेलले गर्ने जानकारी दिएका थिए ।

    आफ्नो स्वास्थ्यमा समस्या देखिएको भन्दै बैठकबाट बाहिरिएका ओली आज गोदावरी नै गएनन् ।यद्यपी उनी ओलीले निवासमै आराम गरिरहेका छन् ।

    तर, भोलिको हिरक उत्सवमा भने अध्यक्ष ओली गोदावरी जानेछन् ।

    एमालेले गोदावरीको सनराइज हलमै भोलि अरु पार्टीका प्रमुखहरुलाई समेत बक्ता बनाएर कम्युनिष्ट पार्टी स्थापनाको ७५औं वर्ष उत्सव मनाउँदैछ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार