Online Nepal
  • सोमबार, १७ बैशाख २०८१
  • मन्त्रिपरिषद् पुनर्गठन : नेकपा महासचिव पौडेल अर्थ र सञ्चारमा पार्वत गुरुङ

    मन्त्रिपरिषद् पुनर्गठन : नेकपा महासचिव पौडेल अर्थ र सञ्चारमा पार्वत गुरुङ

    अनलाइन नेपाल
  • बुधबार, २८ असोज २०७७
  • 2.9K
    SHARES

    काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद् हेरफेर गरेका छन् ।

    उपप्रधानमन्त्री ईश्वर पोखरेललाई रक्षा मन्त्रालयको जिम्मेवारीबाट हटाएर प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयको जिम्मेवारी दिइएकाे छ।



    पुनर्गठन भएकाे नयाँ मन्त्रीमण्डल अनुसार नेपाल कम्युनिष्ट पार्टी (नेकपा) महासचिव विष्णु पौडेल अर्थ मन्त्रीमा र सञ्चार तथा सूचना प्रविधि मन्त्रीमा पार्वत गुरुङ नियुक्त भएका छन् ।



    यस्तै सहरी विकास मन्त्रालयको जिम्मेवारी कृष्ण गोपाल श्रेष्ठलाई दिइएको छ ।

    यस्तै लीला श्रेष्ठलाई महिला बालबालिका तथा सामाजिक विकास मन्त्री बनाइएको छ।

    बुधबार राष्ट्रपति विद्यादेवी भण्डारीले संविधानका धारा ७६ को उपधारा (९) बमोजिम सरकारको सिफारिसमा नयाँ मन्त्री नियुक्त गरेकी हुन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार