Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

अब मूल्याङ्कन गरेर नेता चुन्ने विधि बसालिन्छ : जनार्दन शर्मा

काठमाडौं । नेकपा माओवादी केन्द्रका उपमहासचिव जनार्दन शर्माले अब मत खसालेर नेतृत्व चुन्ने अभ्यास प्रारम्भ हुने बताएका छन् ।

शनिबार पार्टीको सहायक सङ्गठन वाइसियल नेपालको मध्यपुर थिमि नगर सम्मेलनलाई सम्बोधन गर्दै उपमहासचिव शर्माले यस्तो बताएका हुन् ।

उपमहासचिव शर्माले माओवादी केन्द्रमा मत खसालेर नेतृत्व चुन्ने अभ्यास प्रारम्भ हुने र त्यसले पार्टी सङ्गठनमा उथलपुथल ल्याउने बताए ।

उपमहासचिव शर्माले भने,'मूल्याङ्कन माथिका नेताले गरेर हुँदैन, अब तलकाले मूल्याङ्कन गरेर नेता चुन्ने विधि बसालिन्छ । पार्टीमा माथिका नेतालाई मन नपरे राजनीति नै ध्वस्त बनाइदिन सक्ने अवस्था अन्त्य गर्न र नेतृत्वको वरिपरि घुमेर नेता बन्ने असक्षमहरुबाट पार्टीलाई बचाउन पनि निर्वाचन उत्तम विकल्प हो ।'

कार्यकारी पदमा मतदानबाट चुनिएर नेता हुने बताउँदै सबैलाई चुनावमा उठ्न अवसर प्राप्त हुने र अध्याधिक मत ल्याउने क्रमागत उम्मेदवारहरू निर्वाचित हुने नेता शर्माले जानकारी गराए।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077