Jun 19 2026 | २०८३, आषाढ ५ गते

19 Jun 2026 | शुक्रवार, आषाढ ५ गते २०८३

शुक्रवार, आषाढ ५ गते २०८३
images
images

प्रचण्डले सुशासन दिन्छु भन्नु झुटको खेती मात्रै हो : प्रकाशचन्द्र लोहनी

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)निर्देशन समितिका अध्यक्ष डा.प्रकाशचन्द्र लोहनीले प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड'को भ्रष्टाचार विरोधी अभियान नै भ्रमको खेती भएको आरोप लगाएका छन् ।

सामाजिक सञ्जालमार्फत लोहनीले प्रधानमन्त्रीप्रचण्डको भ्रष्टाचार विरोधी अभियानमाथि प्रश्न उठाएका हुन् । लोहनीले सुन प्रकरणमा मुछिएका माओवादी उपाध्यक्ष कृष्णबहादुर महरालाई छानबिनको दायरामा ल्याउन माग गरे ।

विद्युतीय चुरोटभित्र ९ किलो सुन तस्करी भएको प्रकरणमा महरा र उनका छोरा राहुल मुछिएको प्रतिवेदन केन्द्रीय अनुसन्धान ब्युरोले दिएपनि सरकारले छानबिनको दायरामा ल्याउन आनाकानी गरेको लोहनीको आरोप छ ।

सरकारले उनीहरुसँग बयान लिन समेत नसक्नके हो भने प्रचण्ड नेतृत्वको सरकारले सुशासन दिन्छु भन्नु सरासर झुट हुने उनको टिप्पणी छ ।

चिनियाँ तस्करसँग माओवादीका नेताहरूको नाम जोडिएपछि बयान समेत नलिएपछि प्रधानमन्त्री प्रचण्डले सुशासन दिन्छु भन्नु सरासर झुट साबित भएको उनको टिप्पणी छ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077