Online Nepal
  • शनिबार, ५ जेष्ठ २०८१
  • जुवातास खेलिरहेको अवस्थामा २० जना पक्राउ

    जुवातास खेलिरहेको अवस्थामा २० जना पक्राउ

    अनलाइन नेपाल
  • आइतबार, २८ साउन २०८०
  • 822
    SHARES

    फाइल फोटो

    काठमाडौं । प्रहरीले जुवातास खेलिरहेका २० जनालाई पक्राउ गरेको छ ।

    काठमाडौं महानगरपालिका-१७ ढल्कुस्थित ईन्द्रायणी वर्कशपमा जुवातास खेलिरहेका ९ जनालाई प्रहरीले पक्राउ गरेको हो।



    विशेष सूचनाको आधारमा शनिबार दिउँसो उनीहरूलाई नगद ३५ हजार ८० रूपैयाँ र ३ बुक ताससहित प्रहरी वृत्त लैनचौरले पक्राउ गरेको छ ।



    त्यस्तै,तनहुँको आबुखैरेनी गाउँपालिका-३ पानीघट्टा बस्ने ४० वर्षीय प्रकाश बगालेको घरमा जुवातास खेलिरहेको अवस्थामा बगालेसमेत ११ जनालाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ।

    ईलाका प्रहरी कार्यालय आबुखैरेनीबाट खटिएको प्रहरीले उनीहरूलाई नगद ६२ हजार ३ सय १० रूपैयाँ र ४ बुक ताससहित पक्राउ गरेको हो। प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार