Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

सशस्त्रका डीएसपी गैरेको शिव भजन ‘भोले शंकर’ आउँदै

काठमाडौं । सशस्त्र प्रहरी बलका प्रहरी नायब उपरीक्षक(डीएसपी) सुरेश गैरेको ‘भोले शंकर तिम्रै रुप भयंकर’ बोलको शिव भजन सार्वजनिक हुने भएको छ ।

सशस्त्र प्रहरी बलमा सञ्चालित छैटौं कमान्ड तथा स्टाफ कोर्षमा सर्वोत्कृष्ट स्थान हासिल गरेका डीएसपी गैरेले शिव भजन सार्वजनिक गर्न लागेका हुन् ।

डीएसपी गैरे नेपाली सांगीतिक क्षेत्रमा गैरे सुरेका नामले परिचित छन् । डीएसपी गैरेले डा। कृष्णहरि बरालको लेखन रहेको शिव भजन ‘भोले शंकर, तिम्रै रुप भयंकर’ भोली सोमबार सार्वजनिक गर्न लागेका हुन् ।

फुलबारी नेपालले प्रस्तुत गर्न लागेको उनको भिडियो पशुपतिलगायतका स्थानमा छायांकन गरिएको थियो ।

उक्त भजनमा कृष्ण ढकाल, कमल तिमिल्सिना, लव सापकोटा, दिपकराज बराल, दामोदर धोदारी, रमेश भुवजी, रोहित घिमिरे, विकास घिमिरे, पशरुराम लामिछाने, प्रमोद विष्ट, सत्यराम पुरी, देवेन्द्र रोक्का र स्वयं सुरेश गैरेले अभियन गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077