Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

कांग्रेसमा सरकार बदल्नेबारे कुनै छलफल भएको छैन : रमेश लेखक

काठमाडौं । नेपाली कांग्रेसका प्रमुख सचेतक रमेश लेखकले तत्काल सरकार फेरबदलको संम्भावना नरहेको सपष्ट पारेका छन् ।

शुक्रबारदेखि जारी संसदीय दलको बैठकपछि बोल्दै सचेतक लेखकले अहिले कांग्रेस सरकार फेरबदलको पक्षमा नरहेको बताएका हुन्।

सचेतक लेखकले भने,‘अहिले हामीबीच सरकार बदल्ने, फेर्ने र ढाल्ने कुरा भएको छैन । भोलि सम्पन्न हुने संसदीय दलको बैठकबाट केही महत्वपूर्ण निर्णय हुन सक्छ।’

तीनमा सरकार फेरबदलको विषय नपर्ने उनको भनाइ छ । उनले शुक्रबार र आइतबार गरेर दलको बैठकमा अहिलेसम्म ५० जना सांसदहरुले बोलिसकेको बताए ।

कांग्रेस बैठकमा सांसदहरुले सुन तस्करीमा उच्चस्तरीय छानविन समिति बनाउनुपर्ने आवाज उठेको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077