Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

ललितानिवास काण्डमा दोषी ठहर भएमा कारबाही भोग्न तयार छु : बाबुराम भट्टराई

कैलाली । पूर्वप्रधानमन्त्री एवं नेपाल समाजवादी पार्टीका अध्यक्ष डा. बाबुराम भट्टराईले ललिता निवास जग्गा प्रकरणमा कानुनले दोषी ठहर गरेमा आफू कारबाही भोग्न तयार रहेको बताएका छन् ।

कैलालीको टीकापुरमा पत्रकारसँगको छलफलमा पूर्वप्रधानमन्त्री भट्टराईले यस्तो बताएका हुन् । उनले जग्गा प्रकरणको छानबिन निष्पक्ष हुनुपर्ने समेत माग राखे ।

यस्तै उनले भ्रष्टाचार न्यूनीकरणका लागि संरचनागत रुपमै उच्चस्तरीय छानबिन समिति बनाउनुपर्ने बताए ।

संरचनागत रुपमा समिति बनाउन सके त्यसले सानाठूला सबै भ्रष्टाचारका घटना बाहिर आउने र त्यसको वास्तविक छानबिन हुने भएकाले पनि समिति आवश्यक रहेको उनको भनाई छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077