Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

मेडिकल काउन्सिलको लापरवाहीले सीआईबी बदनाम, काउन्सिलले स्विकार्‍यो गल्ती

काठमाडौं । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले नेपाल मेडिकल काउन्सिलका कारण निर्दोष डाक्टरलाई नक्कली भनेर समात्न पुगेको दाबी गरेको छ ।

काउन्सिलको पत्रपछि पक्राउ गरिएका डा. रञ्जितकुमार यादवलाई छाडिएपछि विज्ञप्ती निकाल्दै सीआईबीले यस्तो बताएको हो । काउन्सिलले भुलबस यादवको नाम समावेश भएको भन्दै पत्र पठाएपछि यादवलाई छाडिएको सीआईबीले बताएको छ ।

यसअघि नक्कली शैक्षिक प्रमाण पत्र बनाएर एमबीबीएस अध्ययन गरेको भन्दै सीआईबीले यादवलाई साउन २५ गते भक्तपुरबाट पक्राउ गरेको थियो । सिआइबीले फक्सट्रट चार्ली अपरेशन चलाएर विभिन्न ठाउँबाट ८ जना डाक्टरलाई पक्राउ गरेको थियो।

जसमध्ये नेपाली कांग्रेसका सांसद सुनिल शर्मालाई काठमाडौं जिल्ला अदालतले हिरासत बाहिरै राखेर अनुसन्धान गर्न भनेको थियो। सीआईबीले मेडिकल काउन्सिलको पत्रकै कारण पक्राउ गरिएको र असली चिकित्सक रहेको पत्र आएपछि रिहा गरिएको प्रस्ट पारेको छ ।

देवेन्द्र यादवका छोरा रंजित कुमार यादवको विवरण माग गरिएकोमा मेडिकल काउन्सिलले विश्वनाथ यादवका छोरा रंजित कुमार यादवको विवरण पठाएका कारण निर्दोष व्यक्ति पक्राउ परेको सीआईबीले स्पष्ट पारेको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077