Online Nepal
  • शनिबार, ५ जेष्ठ २०८१
  • टीकाथलीबाट चोरीका सामानसहित दुईजना प्रहरीको फन्दामा

    टीकाथलीबाट चोरीका सामानसहित दुईजना प्रहरीको फन्दामा

    अनलाइन नेपाल
  • सोमबार, २९ साउन २०८०
  • 606
    SHARES

    काठमाडौं । ललितपुरमा चोरीका सामानसहित दुईजना पक्राउ परेका छन् । ललितपुर प्रहरीले सोमबार टीकाथलीबाट सुजन सिलवाल र अजय चौधरीलाई पक्राउ गरेको हो ।

    साउन २० गते महालक्ष्मी नगरपालिका ४ इमाडोलकी मन्दिरा भट्टराई (पन्त) को घरबाट सुनचाँदीसहित विभिन्न सामानहरु चोरी भएको उजुरीका आधारमा उनीहरुलाई पक्राउ गरिउको प्रहरीले जनाएको छ ।



    उनीहरुको साथबाट प्रहरीले २ टिसर्ट, १ क्याप, १ आइफोन, २ चस्मा, १ क्यापसहितका सामानहरु बरामद गरेको छ । यस्तै उनीहरुका साथबाट चाँदीको जस्तो देखिने १ थान करुवा, ४ वटा घडी, १-१ थान मंगलशुत्र, बाला, सिक्री, एयरपोड, लेडिज ब्याग, टप, कैँची, पिलास र तिलहरीलगायतका सामान पनि प्रहरीले बरामद गरेको छ ।



    साथै उनीहरुको साथमा २ वटा स्क्रु ड्राइबर र ७ थान ब्याग पनि भेटिएको प्रहरीले जनाएको छ । पक्राउ परेका सिलवाल र चौधरीका डेरामा सोधपुछ गर्दा चोरी भएका उक्त सामान भेटिएको प्रहरीले जनाएको छ । उनीहरुविरुद्ध ललितपुर जिल्ला अदालतबाट ५ दिनको म्याद थप गरी ललितपुर प्रहरी थप अनुसन्धान थालेको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार