Online Nepal
  • सोमबार, ७ जेष्ठ २०८१
  • नेविसंघ केन्द्रीय समितिमा नरहेको एलिजा र मुकेशको घोषणा

    नेविसंघ केन्द्रीय समितिमा नरहेको एलिजा र मुकेशको घोषणा

    अनलाइन नेपाल
  • मंगलबार, ३० साउन २०८०
  • 1.1K
    SHARES

    काठमाडौं । नेविसंघ केन्द्रीय सदस्य एलिजा ढकाल र मुकेश घिमिरेले केन्द्रीय समितिमा नरहेको घोषणा गरेका छन्।

    नेपाल विद्यार्थी संघको केन्द्रीय तदर्थ समितिबाट सदस्यद्वय एलिजा र मुकेशले राजीनामा दिएका हुन्।



    सभापति शेरबहादुर देउवाले ७१० सदस्य नेविसंघ गठन गर्दा ढकाल र घिमिरेलाई पनि केन्द्रीय सदस्य मनोनीत गरेका थिए। तर उनीहरूले नेविसंघ केन्द्रीय समितिमा नबस्ने घोषणा गरेका छन्।



    उनीहरुले मातृ पार्टीको अत्यधिक एवं अनुचित हस्तक्षेपका कारण नेविसंघ भित्र लोकतन्त्रको अनुभूति गर्न कठिन भएको, नेविसंघको तदर्थ समिति गठन गर्दा समावेशी समानुपातिक सिद्धान्तलाई नजरअन्दाज गरिएको र महिला सहभागिता एकदमै न्यून भएको उनीहरुको आरोप छ।

    उनीहरूले काम गर्न कुनै औपचारिक पदमा बसिराख्नु नपर्नेसमेत उल्लेख गरेका छन्। नेविसंघ समावेशी नभएकोमा पनि विरोध भइरहेको छ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार