Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

कर छलीको आशंकामा एलओडीमा राजश्व अनुसन्धानको छापा

काठमाडौं । राजश्व अनुसन्धान विभागको टोलीले काठमाडौंको ठमेलस्थित लर्ड अफ ड्रिंक्स (एलओडी) क्लबमा छापा मारेको छ।

गत शुक्रबार कर छली गरेको आशंकामा विभागले एलओडीमा २२ घण्टा लामो अप्रेशन चलाएको हो ।

सरकारलाई तिर्ने गरेको करबारे बुझ्न विभागले एलओडीमा छापा मारेको थियो । गत शुक्रबार अपराह्न ४ बजेबाट सुरु भएको अप्रेशन शनिबार दिउँसो २ बजे सकिएको विभाग स्रोतले जनाएको छ ।

टोलीले त्यहाँ आउने ग्राहकको संख्या, क्लबले ग्राहकलाई गर्ने बिल भुक्तानी लगायतका कामहरू नियालेको थियो। एलओडीले त्यहाँ खाएको बिलसमेत नदिने गरेको विभाग स्रोतले बतायो ।

विभागले त्यहाँ रहेको काउन्टरहरू पनि सिल गरेको छ। पैसा राख्ने खुत्रुकेहरू र केही अफिस रहेका कोठा पनि सिल गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077