Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

भारतीय सवारी साधनको ठक्करबाट शान्तिरामको मृत्यु

झापा । झापाको कमल गाउँपालिका वडा नं. ५ स्थित पाडाजुङ्गी सडक खण्डमा मङ्गलवार बेलुका सवारी दुर्घटनामा परेर एक जनाको मृत्यु भएको छ ।

विआर ११ एपी ४१४१ नम्बर प्लेटको भारतीय सवारी साधनले ठक्कर दिँदा कमल वडा नं. ४ का मे ७ प ४६४४ नम्बरको मोटरसाइकलमा सवारमा ६८ बर्षीय शान्तिराम खनाल (डोरप्रसाद) को मृत्यु भएको हो ।

बेलुका ७ बजेतिरको समयमा अत्यधिक गतिमा आएको भारतीय नम्बर प्लटेको कारले पाडाजुङ्गी स्थित गीता आयल सेन्टर नजिकै मोटरसाइकललाई ठक्कर दिएपछि खनाल गम्भीर घाइते भएका थिए ।

खनालको उपचारका लागि दमकस्थित लाइफलाइन अस्पताल ल्याउँदै गर्दा मृत्यु भएको इलाका प्रहरी कार्यालय दमकले जनाएको छ । प्रहरीले ठक्कर दिने सवारी साधन सहित चालकलाई नियन्त्रणमा लिएर अनुसन्धान थालेको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077