Jun 07 2026 | २०८३, जेठ २४ गते

07 Jun 2026 | आइतवार, जेठ २४ गते २०८३

आइतवार, जेठ २४ गते २०८३
images
images

कांग्रेस सांसद शर्माले भने - संकटमा ओलीले साथ दिएकाले भेट्न गएँ

मोरङ। नेपाली कांग्रेसका सांसद डा.सुनिल शर्माले बालकोट जानुको कारण कार्यकर्तासमक्ष खुलाएका छन् ।

कांग्रेस मोरङको पथरीशनिश्चरेमा आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै सांसद शर्माले सङ्कटमा साथ दिएकाले एमाले अध्यक्ष केपी शर्मा ओलीलाई भेट्न गएको बताएका हुन् ।

सांसद शर्माले सुन तस्करी गरेर राज्यलाई करोडौं, अरबौं राजश्व छली भइरहेकाले त्यसको विरुद्धमा बोल्दा आफूलाई षड्यन्त्रपूर्वक हिरासतमा पुर्याइएको बताए । आफूमाथि अन्याय हुँदा आफ्नै पार्टीका कतिपय जिम्मेवार व्यक्ति मौन बसेको भन्दै सांसद शर्माले दुःख व्यक्त गरे ।

सांसद शर्माले भने,‘अनुमान लगाउँनुस्, तपाईँलाई तपाइकै बुबाले मार्न भनेर घाँटीमा न्याकेर पोखरीमा डुवाए, तर त्यतिबेला सँधै झगडा गरिरहने छिमेकी आएर तपाईँलाई बचायो भने पोखरीबाट निस्किएपछि मार्न खोज्ने बुबालाई अङ्गालो मार्नुहुन्छ की उद्धार गर्नेलाई मार्नुहुन्छ?सङ्कटमा जसले बचायो त्यसलाई पहिले अङ्गालो मारिन्छ, हो मैले पनि त्यही कारण केपी ओली जिन्दावाद भनेको हुँ, उनलाई भेट्न पनि गएको हुँ ।’

तर, प्रतिपक्षी दल एमालेका अध्यक्ष केपी शर्मा ओलीले पक्राउको विरोधमा बोलेर आफूलाई सङ्कटका बेला साथ दिएकाले ओलीलाई भेट्न गएको उनले सुनाए ।

आफूलाई गिरफ्तार गराउँन कांग्रेस भित्रकै कतिपय जिम्मेवार व्यक्ति लागिपरेको उनले आशंका व्यक्त गरे । बालकृष्ण खाँणलाई पक्राउ गराउँने समूहले नै आफूलाई पनि फसाउने योजना रचेर पक्राउ गराएको उनले सुनाए ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077