Online Nepal
  • शनिबार, ५ जेष्ठ २०८१
  • बहुविवाहका फरार प्रतिवादी १० वर्षपछि समातिए

    बहुविवाहका फरार प्रतिवादी १० वर्षपछि समातिए

    अनलाइन नेपाल
  • बिहिबार, ३२ साउन २०८०
  • 1.2K
    SHARES

    बागलुङ । बहुविवाहका फरार प्रतिवादीलाई प्रहरीले १० वर्षपछि पक्राउ गरेको छ ।

    बहुविवाह मुद्दाका दोषी बागलुङको बरेङ गाउँपालिका–३ बस्ने ३३ वर्षीय राज बहादुर सार्कीलाई प्रहरीले बुधबार पक्राउ गरेको हो ।



    जिल्ला प्रहरी कार्यालय बागलुङका अनुसार सार्कीलाई बागलुङ जिल्ला अदालतबाट २०७० माघ २७ मा बहुविवाह मुद्दामा एक वर्ष ६ महिना कैद र रु १० हजार जरिवानाको सजाय सुनाएको थियो ।



    जिल्ला प्रहरी कार्यालय बागलुङबाट खटिएको प्रहरी टोलीले सार्कीलाई बागलुङ बजारबाट पक्राउ गरेको बताइएको छ । सार्कीलाई लगत कट्टाको लागि बुधबार नै बागलुङ जिल्ला अदालतमा पठाइएको प्रहरीले जनाएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार