Online Nepal
  • मंगलबार, १ जेष्ठ २०८१
  • लगातार ३ दिन घटेको नेप्से आज ८ अंकले बढ्यो

    लगातार ३ दिन घटेको नेप्से आज ८ अंकले बढ्यो

    अनलाइन नेपाल
  • बिहिबार, ३२ साउन २०८०
  • 462
    SHARES

    फाइल फोटो

    काठमाडौं । सेयर बजार परिसूचक नेप्सेमा एकल अंकको सामान्य वृद्धि भएको छ ।

    सोमबारदेखि लगातार ३ दिन घटेको नेप्से बिहिबार ८.०१ अंकले वृद्धि भएर २०३३.१३ को बिन्दुमा बन्द भएको हो।



    बिहीबार म्यचुअल फण्ड बाहेक सबै उपसूचकमा वृद्धि भएको छ । म्युचुअल फण्ड उपसूचक ०.२३ प्रतिशतले गिरावट हुँदा व्यापार उपसूचक सर्वाधिक २।५३ प्रतिशतले वृद्धि भएको छ ।



    नेप्सेमा सामान्य वृद्धि भए पनि कारोबार रकम घटेर डेढ अर्बमा झरेको छ । पछिल्लो केही दिन यता लगातार २ अर्ब माथिको कारोबार भएको बजारमा बुधबार १ अर्ब ६७ करोडमा झरेको थियो ।

    बिहीबार कारोबार रकम अझै घटेर १ अर्ब ५४ करोड १४ लाख रुपैयाँमा सिमित भएको छ । ४३ हजार ५९१ वटा कारोबारमा ४० लाख ९ हजार २६३ कित्ता धितोपत्र बिनबेच हुँदा उक्त रकमको कारोबार भएको हो ।

    बिहीबार नेप्सेमा कारोबारमा आएका कम्पनीमध्ये सोल्टी होटलको सेयर सर्वाधिक १३ करोड ७१ लाखको किनबेच भएको छ । यस्तै आईएमई लाइफ इन्स्योरेन्सको सेयर ७ करोड ७९ लाखको कारोबार हुँदा घोराही सिमेन्टको ५ करोड १७ लाख रुपैयाँ बराबरको कारोबार भएको हो ।

    बिहिबार नेप्सेमा कुल २२५ सुचिकृत कम्पनीको सेयर कारोबार भएको छ । जसमध्ये १३५ कम्पनीको सेयरमूल्य वृद्धि हुँदा ७८ कम्पनीको सेयरमूल्यमा गिरावट भएको छ । १२ कम्पनीको सेयरमूल्य भने स्थिर छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार