Jul 23 2026 | २०८३, श्रावण ७ गते

23 Jul 2026 | बिहिवार, श्रावण ७ गते २०८३

बिहिवार, श्रावण ७ गते २०८३
images
images

नक्कली नोट छाप्ने र कारोबार गर्ने दुई जना पक्राउ

काठमाडौं । नक्कली नोट छापेको आरोपमा नयाँ बानेश्वरबाट दुई जना पक्राउ परेका छन् ।

प्रहरी वृत्त नयाँबानेश्वरबाट खटिएको टोलीले उदयपुरको कटारी नगरपालिका-७ घर भई हाल नयाँ बानेश्वर बस्दै आएका २४ वर्षीय दिलीप राईलाई नक्कली नोटसहित पक्राउ गरेको हो ।

प्रहरीले सोही आरोपमा विजय बस्नेतलाई पक्राउ गरेको थियो। बस्नेतलाई सोधपुछ गर्दा नक्कली नोट छाप्ने काम भइरहेको खुलेपछि उनकै माध्यमबाट प्रहरीले बिहीबार उक्त स्थानमा छापा मारेको थियो।

त्यो कोठामा दुई वटा डेक्सटप र ३ वटा प्रिन्टर राखेर उनीहरूले रु ५ सय र १ हजारका सक्कली नोटबाट नक्कली नोट छाप्ने गरेका खुलेको छ।

उनीहरूको साथबाट रु ५ सयका‍‍ २१ थान र १ हजारका ३७ थान गरी रु ४७ हजार ५०० मूल्यका जम्मा ५८ थान नक्कली नोट फेला परेका छन्।

उक्त स्थानबाट प्रहरीले क्यानन कम्पनीको फोटोकपी मेसिन, सेतो पेपर र कैँचीलगायतका सामान पनि बरामद गरेको छ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077