Online Nepal
  • आइतबार, ११ साउन २०८२
  • ट्रम्पविरुद्धको मुद्दा सुनुवाइ गर्ने न्यायाधीशलाई मार्ने धम्की दिने महिला पक्राउ

    ट्रम्पविरुद्धको मुद्दा सुनुवाइ गर्ने न्यायाधीशलाई मार्ने धम्की दिने महिला पक्राउ

    अनलाइन नेपाल
  • बिहिबार, ३२ साउन २०८०
  • 936
    SHARES

    एजेन्सी । अमेरिकाका पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पले सन् २०२० को चुनावलाई उल्टाउने षड्यन्त्र गरेको मुद्दाको सुनुवाइ गर्ने समितिको अध्यक्षता गरिरहेकी न्यायाधीशलाई हत्याको धम्की दिएपछि टेक्सासकी एक महिला पक्राउ परेकी छन्।

    यही अगस्ट ५ मा अबिगेल जो श्रीले सङ्घीय न्यायाधीश तान्या चुटकनको वासिङ्टन कार्यालयमा उनलाई हत्या गर्ने फोन सन्देश छोडेको अभियोगमा गृह मन्त्रालयअन्तर्गतका सुरक्षा निकायले उनलाई आज पक्राउ गरेका हुन्। ‘डिपार्टमेन्ट अफ होमल्यान्ड सेक्युरिटीको एजेन्ट’ले दायर गरेको उजुरीका आधारमा उनलाई पक्राउ गरिएको हो।



    टेक्सासको एल्विनकी ४३ वर्षीया जो श्रीले अश्वेत न्यायाधीश चुटकनलाई ‘मूर्ख काली१ तिमी दास हौ, तिमी हाम्रो निगरानी छौ, हामी तिम्रो हत्या गर्न चाहन्छौँ,’ जातीय एवं रङ्गभेदयुक्त सन्देशमा भनेकी छन्।

    दक्षिणी टेक्सासको सङ्घीय जिल्ला अदालतमा श्रीलेविरुद्ध दायर गरिएको मुद्दामा ‘यदि ट्रम्प २०२४ मा निर्वाचित भएनन् भने हामी तिमीलाई मार्नेछौँ, त्यसैले सावधान रहनू’, चुटकनको परिवार पनि आक्रमाण्को निशाना रहेको सन्देशमा उल्लेख गरिएको जनाइएको छ।

    श्रीले टेक्सासकी अश्वेत सांसद शीला ज्याक्सन लीको नाम दिएर ट्रम्पलाई सताउने जो कोहीलाई मार्ने धम्की पनि दिएकी छन्। आजै उनलाई पक्राउ गरी अदालतमा पेस गर्न आदेश दिइएको छ।

    सतहत्तर वर्षीय ट्रम्प २०२४ को चुनावमा रिपब्लिकन पार्टीको अग्रपङ्क्तिमा छन्। यद्यपि उनको ह्वाइट हाउसतर्फ दोस्रो यात्रा त्यति सहज छैन किनभने उनले चारवटा आपराधिक मुद्दाको सामना गर्नु परेको छ।

    जमैकामा जन्मेकी न्यायाधीश चुटकनलाई पूर्वडेमोक्रेटिक राष्ट्रपति बराक ओबामाले नियुक्त गरेका हुन्। उनको नियुक्तिलाई सिनेटले सर्वसम्मतिले अनुमोदन गरेको थियो।

    दुई वर्ष पहिले अमेरिकी संसद्मा आफ्ना समर्थकलाई परिचालन गरी अघिल्लो वर्षको निर्वाचमा आफ्ना प्रतिद्वन्द्वी डेमोक्र्याट उम्मेदवार जो बाइडेन पराजित भएको र आफूले चुनाव जितेको भन्दै पद हस्तान्तरण गर्न अस्वीकार गरेको तथा त्यहाँ आक्रमण गराएको मुद्दाको न्यायाधीश चुटन नेतृत्वको टोलीले सुनुवाइ गर्दै छ।

    राष्ट्रपतीय निर्वाचन सम्पन्न भएको ६४ दिनपछि सन् २०२१ को जनवरी ६ मा संसद्‌मा ट्रम्प समर्थक भीडले
    आक्रमण गर्दा सात जनाको ज्यान गएको थियो भने संसद्का सुरक्षा कर्मचारी, वासिङ्टन महानगर प्रहरी स्थानीय निकायका एक सय ५० जना अधिकारी घाइते भएका थिए। ट्रम्प समर्थक भीडले संसद्‌मा पसेर अन्धाधुन्ध आक्रमण गरेको थियो। रासस

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Comments are closed.

    नयाँ अपडेट
    अन्य समाचार