Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

विद्युत् निर्यातभन्दा आयात बढी, एक वर्षमा भारतबाट १ अर्ब ८३ करोड युनिट आयात

काठमाडौं । नेपाल विद्युत् प्राधिकरणले गत वर्षमा नेपालले भारबाट १ अर्ब ८३ करोड युनिट विद्युत् आयात गरेको गरेको छ ।

शुक्रवार आर्थिक वर्ष २०७९/८० को वार्षिक प्रतिवेदन सार्वजनिक गर्दै विद्युत् प्राधिकरणका प्रमुख कार्यकारी निर्देशक कुलमान घिसिङले गत वर्ष नेपालले भारबाट १ अर्ब ८३ करोड युनिट विद्युत् आयात गरेको बताएका हुन् ।

जुन अघिल्लो आर्थिक वर्षको तुलनामा १८.७९ प्रतिशतले बढी हो । तर सोही अवधिमा नेपालले १ अर्ब ३४ करोड युनिट विद्युत् निर्यात गरेको छ ।

समीक्षा वर्षमा नेपाललाई विद्युत् आयातरनिर्यातबाट ४९ करोड युनिट घाटा लाग्न पुगेको छ ।

तथापि, अघिल्लो वर्ष जम्मा ४९ करोड युनिट मात्र विद्युत् निर्यात गरेको नेपालले यो वर्ष १७३.४७ प्रतिशतले निर्यात वृद्धि गरेको हो ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077