Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

बंगलादेशबाट आज थप पाँच सय पर्यटक नेपाल आइपुग्दै

काठमाडौं । बंगलादेशबाट आज थप पाँच सय पर्यटक नेपाल आउँदै छन् ।

नेपाल पर्यटन बोर्डका अनुसार चार्टड जहाजबाट बिहान ११ बजेर ४० मिनेटमा १७५ जना काठमाडौं ओर्लिन लागेका हुन् । बाँकी साँझ साढे ५ बजे आइपुग्ने छन् ।

यसअघि शुक्रबार २०० पर्यटकको टोली नेपाल भ्रमणमा आइपुगेको थियो । नेपाल भ्रमणमा आएको बङ्गलादेशी पर्यटकको टोलीलाई नेपाल पर्यटन बोर्डका सदस्यले बाजागाजासहित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा स्वागत गरेका थिए।

शुक्रबार शुरु भएको अकिज प्लास्टिक डिभिजनको नेपाल डिलर तथा सेल्स सम्मेलनमा भाग लिन उनीहरू नेपाल आएको बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077