Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

सर्लाहीमा पेस्तोलसहित २ जना पक्राउ, भारतबाट छिर्दै थिए नेपाल

सर्लाही । सर्लाहीमा सशस्त्र प्रहरीले २ थान पेस्तोल र कटुवा पेस्तोलसहित दुई जनालाई पक्राउ गरेको छ ।

सशस्त्र प्रहरी बल बोर्डर आउट पोस्ट (बीओपी) संग्रामपुरबाट खटिएको टोलीले पेस्तोल र कटुवा पेस्तोलसहित शनिबार राति २ जनालाई पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा सर्लाहीको हरिपुर्वा नगरपालिका ६ बस्ने प्रकाश यादव र जीवन राय यादव रहेका छन् । हतियार लिएर भारतबाट नेपालतर्फ आउँदै गरेका उनीहरु सवार बीआर १९ जीए ४१४१ नम्बरको मोटरसाइकल चेक गर्ने क्रममा ७.६५ मिमि पेस्तोल एकथान, म्यागजिन १ थान र सोको गोली १५ राउन्ड तथा कटुवा पेस्तोल १ थान र ५ राउन्ड गोली समेत बरामद भएको सशस्त्र प्रहरीले जनाएको छ ।

साथै उनीहरुबाट ११ हजार ६८० रुपैयाँ, भारतीय बैंकको एटीएम कार्ड पनि बरामद भएका छन् । पक्राउ परेका दुवै जनालाई बरामद हतियार तथा मोटरसाइकलसहित शनिबार राति नै जिल्ला प्रहरी कार्यालय सर्लाहीमा बुझाइएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077