Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

इन्टर मियामीले जित्यो लिग्स कप, मेसीलाई कीर्तिमानी ४४ औँ उपाधि

काठमाडौं । इन्टर मायमीले अमेरिकाको लिग्स कपको उपाधि जितेको छ । आज भएको फाइनल भिडन्तमा नाश्भिल एससीलाई सडन डेथमा १०-९ गोलले पराजित गर्दै उपाधि जितेको हो ।

निर्धारित समयको खेल १-१ गोलको बराबरीमा सकिएपछि पेनाल्टी सुटआउटमा पुगेको थियो । जहाँ दुवै टिमका ११-११ खेलाडीले पेनाल्टी प्रहार गरेका थिए ।

११ राउन्डसम्म भएको सुटआउटमा मियामीका गोलकिपर ड्रेक क्यालेन्डरले विपक्षी टोलीको दुईवटा प्रहार रोक्दै टोलीलाई जीत दिलाए ।

मेसीले मायमीका लागि खेलेका अहिलेसम्मका सबै खेलमा गोल गरेका छन् । उनले पछिल्ला ७ खेलमा लगातार गोल गर्दै गोल संख्या १० पुर्‍याइसकेका छन् । यहि सिजन मायमीमा आबद्ध भएका मेसीले पहिलो प्रतियोगितामै उपाधि जित्न सफल भए।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077