Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

बसको ठक्करबाट मोटरसाइकलमा सवार दुई जनाको मृत्यु

काठमाडौं । बसको ठक्करबाट मोटरसाइकलमा सवार दुई जनाको मृत्यु भएको छ।

बालाजुबाट कलंकीतर्फ आउँदै गरेको ना ५ ख ५०९२ नम्बरको बसले स्वयम्भुनजिकै अन्नपूर्ण चोकमा विपरीत दिशाबाट जाँदै गरेको बागमती प्रदेश-०२-०३७ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा त्यसमा सवार २ जनाको मृत्यु भएको हो।

मृत्यु हुनेमा ३२ वर्षीय रामकुमार भारती र सिन्धुपाल्चोकको साँगाचोकगढी नगरपालिकाकी ३२ वर्षीय अनिता थापा छन्। मृतक पुरूषको ठेगाना खुलिसकेको छैन।

उनीहरू दुबैलाई गम्भीर घाइते अवस्थामा उपचारका लागि त्रिवि शिक्षण अस्पताल पुर्‍याइएको केहीबेरमा मृत्यु भएको हो। मोटरसाइकलमा सवार १० वर्षीया बालिका गम्भीर घाइते छिन्।

उनको परिचय खुलिसकेको छैन। उनको कलंकीस्थित मनमोहन मेमोरियल अस्पतालमा उपचार भइरहेको जिल्ला प्रहरी परिसर काठमाडौंले जनाएको छ ।

मोटरसाइकललाई ठक्कर दिने बसका चालक धादिङ गंगाजमुना गाउँपालिका-७ घर भई बस्ने बर्षीय ४१ बहादुर दान बहादुर थापालाई नियन्त्रणमा लिएर घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077