Online Nepal
  • मंगलबार, १ जेष्ठ २०८१
  • एकै दिन २१ अंकले घट्यो शेयर बजार परिसूचक नेप्से

    एकै दिन २१ अंकले घट्यो शेयर बजार परिसूचक नेप्से

    अनलाइन नेपाल
  • आइतबार, ३ भाद्र २०८०
  • 528
    SHARES

    काठमाडौं । साताको पहिलो कारोबार दिन आइतबार बजार परिसूचक नेप्सेमा २१.९९ अंकको गिरावट आएको छ ।

    आइतबार नेप्से २१.९९ अंकले गिरावट हुँदा २०११.१४ को विन्दुमा बन्द भएको छ । लगातार ३ दिन घटेर गत बिहीबार सामान्य बढेको नेप्से आइतबार पनि गिरावट भएको छ ।



    हाइड्रोपावर उपसूचक सर्वाधिक २.३४ प्रतिशतले गिरावट हुँदा होटल तथा पर्यटन उपसूचक १.८५ प्रतिशतले गिरावट भएको छ । यस्तै बैंकिङ उपसूचक ०.२८ प्रतिशतले गिरावट भएको छ ।



    नेप्सेसँगै कारोबार रकम पनि गिरावट हुँदै गएको छ । लगातार २ अर्ब माथिको कारोबार भएको बजारमा गत बुधबारदेखि कारोबार २ अर्बभन्दा तल झरेको थियो ।

    गत बुधबार १ अर्ब ६७ करोड र बिहीबार १ अर्ब ५२ करोडको कारोबार भएको बजारमा आइतबार कारोबार रकम घटेर डेढ अर्बबाट पनि तल झरेको हो । आइतबार १ अर्ब ४४ करोड ७४ लाख रुपैयाँमा झरेको छ ।

    आइतबार नेप्सेमा नेप्सेमा ४३ हजार ३४६ वटा कारोबारमा ४४ लाख ५९ हजार ४५९ कित्ता सूचीकृत धितोपत्र किनबेच हुँदा उक्त रकमको कारोबार भएको हो ।

    घट्दो बजारमा आइबार आईएमई लाइफ इन्स्योरेन्सको सर्वाधिक ६ करोड ६३ लाखको कारोबार हुँदा हिमालयन डिस्टिलरीको ४ करोड ६४ लाख र जिवन विकास लघुवित्तको ४ करोड ५३ लाखको कारोबार भएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार