Online Nepal
  • शनिबार, ५ जेष्ठ २०८१
  • बोरामा राखी भारत लैजाँदै गरिएका बालबालिकाको उद्धार

    बोरामा राखी भारत लैजाँदै गरिएका बालबालिकाको उद्धार

    अनलाइन नेपाल
  • आइतबार, ३ भाद्र २०८०
  • 2.4K
    SHARES

    बारा । बारामा नेपाली दुई बालबालिकालाई बोरामा राखेर भारततर्फ लैजाँदै गरेका एक युवक पक्राउ परेका छन् ।

    सिमावर्ती गाउँपालिका देवतालबाट सशस्त्र प्रहरीले भारतको पूर्वीचम्पारण मूर्तिया ग्राम पञ्चायत वडा नं ४ आदापुरका २२ वर्षीय तबरेज आलमलाई पक्राउ गरेको हो ।



    उनले देवताल गाउँपालिका-३ अमवा गाउँका शिवपुजन महतोकी ९ महिनाकी छोरी र प्रेमचन्द्र महतोका २ वर्षीय छोरालाई भारततर्फ लैजान लागेका थिए ।



    उनीहरुको आइतबार उद्धार गरी नेपाल प्रहरीलाई जिम्मा लगाइएको सशस्त्र प्रहरीले जनाएको छ । बोरामा राखी भारततर्फ लैजाने क्रममा बच्चाहरु रोएको आवाज सुनेपछि उद्धार गरिएको थियो । आलममाथि प्रहरीले थप अनुसन्धान थालेको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार