Jul 23 2026 | २०८३, श्रावण ७ गते

23 Jul 2026 | बिहिवार, श्रावण ७ गते २०८३

बिहिवार, श्रावण ७ गते २०८३
images
images

माधव नेपालले भने - मेरो छाया देखेर एमाले सर्वदलीय बैठकमा आएन

काठमाडौं । नेकपा एकीकृत समाजवादीको अध्यक्ष माधव नेपालले एमालेको चित्तै सानो भएको बताएका छन् ।

पार्टीको केन्द्रीय कमिटी बैठकलाई सम्बोधन गर्दै अध्यक्ष नेपालले आफ्नो छाया देखेर एमालेका नेता राष्ट्रपतिले बोलाएको सर्वदलीय बैठकमा नआएको टिप्पणी गरेका हुन् ।

अध्यक्ष नेपालले भने, ‘आज एउटा बैठक राष्ट्रपतिले बोलाउनुभएछ। राष्ट्रपतिले बोलाएको सर्वदलीय बैठकमा म पनि गएको थिए। तर, थाहा छैन के कारणले हो एमालेका नेताहरू आएनन्। सम्भवस् त्यहाँ माधव नेपाल एकीकृत समाजवादीको छाया परेको भएर होला आउने काम भएन। हामीमा त्यस्तो संकृणता छैन। हामीमा त्यस्तो किसिमको सानो चित्त छैन। हामी राष्ट्रका साझा विषयमा हातेमालो गरेर अघि बढ्न चाहन्छौँ।’

एक महिनासम्म पनि संसद् बैठक चल्ने वातावरण नभएपछि राष्ट्रपतिले मंगलवार बिहान सर्वदलीय बैठक बोलाएका थिए ।

तर एमालेले बैठक बहिष्कार गरेको थियो । उनले एमाले नेताहरूजस्तो आफ्नो सानो चित्त नभएको बताए।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077